Date:2017/10/21 |Saturday

‘धनपति’ युकेमा

Posted on: August 03, 2017 | views: 29 |

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘धनपति’ ले नेपालमा वर्ष २०७४ मा सुखद व्यापार गर्न सफल भयो । अब यो चलचित्र युकेमा पनि पदर्शन हुने भएको छ । युकेका सबै शहरहरूमा प्रदर्शन गर्ने अनुमति पाएको ३२ बक्सका अनुसार फोल्कस्टोनस्थित टावर थिएटरमा २०१७ जुलाई ३०, अल्डरसटस्थित द एम्पायर हलमा २०१७ अगस्ट १८ र लण्डन सपारी सिनेमा हलमा २०१७ अगस्ट २० मा फिल्म ‘धनपति’ रिलिज हुनेछ । अल युके फिल्म ‘धनपति’ प्रदर्शन गर्न ३२ बक्सलाई जी नाइनले सहयोग गरेको छ । 

चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछानेले नै कथा लेखेका हुन् । चलचित्रमा खगेन्द्रसँगै सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनीष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं