22nd July | 2018 | Sunday | 8:45:39 AM

ह्यान्डसम हंक नेपालको ग्राण्ड फिनाले साउन २५ मा हुने

  POSTED ON : Friday, 04 August, 2017 (3:22:55 PM)

ह्यान्डसम हंक नेपालको ग्राण्ड फिनाले साउन २५ मा हुने

काठमाडौँ । विश्व मिडिया प्रालिको आयोजनामा हुन लागेको ह्यान्डसम हंक नेपाल २०१७ को ग्राण्ड फिनाले साउन २५ गते बुधबार राष्ट्रिय नाच घर जमलमा हुने भएको छ । आफूलाई अन्य प्रतिस्प्रर्धी भन्दा फरक, ह्यान्डसम, अब्बल साबित गर्दै आफूमा भएको प्रतिभा निखार्न ह्यान्डसम हंक नेपाल २०१७ को अन्तिम छनौटमा पर्न सफल पच्चीस जना प्रतिस्प्रर्धीहरु अहिले तालिममा व्यस्त भएका इभेन्ट म्यानेजर तथा  ईभेन्टका कोरियोग्राफर नायक दिवस धितालले जानकारी दिए।
ह्यान्डसम हंक नेपाल २०१७ मा २५ जना पुरुष प्रतिप्रधिहरुले अन्तिम चरणमा प्रवेश पाइसकेका छन । जसमा सुबोध पाण्डे, प्रविन परियार, नीपुन राज श्रेष्ठ, सौगात भट्टराई, जनक जंग शाह, सुप्रत बस्नेत, मनिष गौतम, उत्तम राज पाण्डे,  दिपेन्द्र सिंह कार्की, संदेश पुरी, रोमन प्रजापति, अनुप मिश्र, आशिर्बाद नेपाल , बिकाश शाह, ओम प्रकाश आचार्य, कारण पौडेल, प्रसन श्रेष्ठ, प्रमोद त्रिपाठी, रबिन देउजा, सन्दिप तामाङ, तिमेश श्रेष्ठ, समिर कामत, अरबिन सिंह, रिजन बिष्ट र श्री कृष्ण श्रेष्ठ छन् ।
धितालका अनुसार यस पुरुष सौन्दर्य प्रतियोगिताले नेपाली युवाहरुबीच व्यक्तित्व विकास र आफूसंग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा सकारात्मक सन्देश दिन सफल आयोजकले विश्वास लिएको छ ।