Date:2017/08/22 |Tuesday

काजोलको सही निर्णय !

Posted on: August 06, 2017 | views: 151 |

मुम्बई । बलिउडकी नायिका काजोल देवगन ४३ वर्ष पुगेकी छन् । ५ अगष्ट सन् १९७४ मा मुम्बईमा जन्मिएकी काजोलले सन् १९९९ मा अजय देवगनसँग विवाह गरिन् । त्यतिबेला काजोलको उमेर २५ वर्ष थियो र त्यो समयमा पनि उनले नायिकाको भूमिकाबाट राम्रो नाम तथा दाम कमाइसकेकी थिइन् । 

करिअर राम्रो भइरहेको बेला नायिकाले विवाह गरेभने करिअर ओरालो लाग्छ भन्नेहरूका लागि उनले उल्टो गरेर देखाइदिइन् अर्थात् सोही समयमा उनले विवाह गरिन् । काजोलले त्यो समयमा विवाह गर्नुको कारण पनि १७ वर्षपछिको एक अन्तर्वार्तामा भनिन् । 

एक अन्तर्वार्तामा काजोलले जीवन र करियरमा विराम चाहेका कारण विवाहको निर्णय गरेको बताइन् । ‘मैले काम गरेको ९ वर्ष भइसकेको थियो । हरेक वर्ष ४–५ वटा फिल्ममा काम गरिरहेकी थिएँ । मसँग सबै कुरा थियो काम, नाम, दाम तर आफ्ना लागि समय थिएन, न आराम । एउटा ठूलो निर्णय लिने सही समय त्यही थियो । त्यतिबेला मैले सोंचे कि अब विवाह गर्नेछु र वर्षमा एउटामात्र फिल्म गर्नेछु’, काजोलले भनेकी छिन् । 

काजोलले बाजिगर (सन् १९९३) दिलवाले दुलहनीय ले जाएंगे (सन् १९९५), प्यार किया तो डरना क्या (सन् १९९८) र कभी खुशी कभी गम (सन् २००१) जस्ता सफल चलचित्रमा काम गरिसकेकी छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं