Date:2017/12/15 |Friday

‘टिन प्रिन्सेस’को ताज सजिनालाई

Posted on: August 06, 2017 | views: 844 |

काठमाडौं । सर्लाहीकी सजिना खनालले  ‘टिन प्रिन्सेस’को ताज पहिरिएकी छन् । एक दर्जनबढी प्रतिस्पर्धीलाई पछि पार्दै सजिनाले ताज पहिरिन सफल भएकी हुन् ।  ‘टिन प्रिन्सेस’को ताज पहिरिएलगत्तै उनले आफू निकै खुसी भएको बताइन् । उनले मोडलिङ सँगसँगै सामाजिक सेवाका काममासमेत लाग्ने आफ्नो योजनाना रहेको बताइन् । सजिनाका पिता सरोज खनाल र माता जिन्तु खनाल नकर्मी दुवै सामाजिक सेवाका काममा सक्रिय रहँदै आएका छन् । 

ट्यालेन्ट शोका निर्णायकमा संगीतकार जुगल डंगोल, गीतकार एवं पत्रकार डब्बु क्षत्री, गायिका एवं अभिनेत्री सारिका घिमिरे र नृत्य निर्देशक दीपक बज्राचार्य थिए । ‘टिन प्रिन्ससे नेपाल–२०१७’मा किशोरीहरुलाई व्यक्तित्व विकाश लक्षित प्रशिक्षण दिईएको आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले बताइन् । 

उपाधि विजेताले विभिन्न पुरस्कार र उपहार सहित म्युजिक भिडियो तथा अन्य विज्ञापनमासमेत अवसर पाउने छन् । ट्यालेन्ट शोमा सहभागीहरुले नृत्य, गायन, वक्तित्वकला, अभिनय, कविता वाचन जस्ता कला प्रस्तुत गरेका थिए । 

Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं