Date:2017/12/15 |Friday

थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘दि कर्मा’ घोषणा

Posted on: August 09, 2017 | views: 71 |

काठमाडौं। थिम पोस्टर सार्वजनिक गर्दै नेपाली चलचित्र ‘दि कर्मा’ घोषणा गरिएको छ । तराई भेगमा पर्ने नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित रहि बन्न लागेको यो चलचित्रलाई विश्वदीप घिमिरेले निर्देशन गर्नेछन् ।

नेपाल भारत सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामा आधारित रहेको यो चलचित्रले बदलाको कथा प्रस्तुत गर्नेछ । मानिसले आफ्नो समयमा गर्ने कामको प्रतिफल जनाउने यो चलचित्रमा मुम्बईका कलाकार दीपक आनन्दको प्रमूख अभिनय रहनेछ । बलिउड तथा दक्षीण भारतीय चलचित्रमा सक्रिय रुपमा काम गरिरहेका दिपकले‘लभ सब प्यार व्यार’, ‘अञ्जान’,‘ह्यांग टिल डेथ’ लगायतका टलिउड चलचित्र तथा मराठी चलचित्र र विज्ञापनहरुमा अभिनय गरेका छन् । यो चलचित्रमा दीपक भारतबाट नेपाल आई सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहनेछन् ।

भाद्र महिनाभित्र मुहर्त गरिने यो चलचित्रमा अर्का कलाकार करण आहुजाको पनि महत्वपूर्ण भूमिका रहनेछ । भारतको दिल्लीका बासिन्दा करण चलचित्रको दोश्रो प्रमूख कलाकारको रुपमा रहनेछन् । करण भारतका सफल मोडल हुन् । उनले टलिउड चलचित्रमा पनि काम गरिरहेका छन् । चलचित्रमा नेपाली कलाकार क्षितिजा शाक्यको पनि अभिनय रहनेछ भने नायिकाको भने छनौट भईसकेको छैन । चलचित्रको मुहर्त अवधिसम्म नायिका छनौट गरेर वर्कशपमा जाने निर्देशक घिमिरेले बताए । मुहर्तमा चलचित्रमा अभिनय गर्ने सम्पूर्ण कलाकार नेपाल आउनेछन् । चलचित्रको वर्कशप २० दिनसम्म चल्नेछ ।

जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शनप्रधान चलचित्र‘दि कर्मा’को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा हुनेछ । २०७४ भित्रै रिलिज लक्ष्य राखिएको यो चलचित्र कार्तिक तेश्रो हप्ताबाट छायांकनमा जानेछ । जय राज रायको कथामा रहेको यस चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गर्नेछन् ।

जय राज राय र निशा खतिवडा निर्माता रहेको यो चलचित्र नेपाली र हिन्दी भाषामा बन्नेछ । भारतमा पनि चलचित्रको प्रदर्शनी गरिने निर्माता रोएले बताए ।



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं