Date:2017/12/15 |Friday

शम्भुजितलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

Posted on: August 10, 2017 | views: 50 |

काठमाडौं । वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । बास्कोटालाई गीतसंगीतको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएबापत दीर्घ सेवा सम्मान प्रदान गर्न लागिएको हो । 

त्यस्तै यो अवार्डमा चन्द्रमणि गौतम र कुवेर गिरीलाई पनि सम्मान गरिने भएको छ । तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ मा लोकसञ्चारकर्मी सम्मान चन्द्रमणि गौतम र रङ्ग पत्रकारिता सम्मान कुवेर गिरीलाई गरिने भएको हो । आगामी साउन २७ गते धादिङको ओम शान्ति चलचित्र मन्दिरमा पाँच उत्कृष्टबाट सर्वोत्कृष्ट छानिने सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा उनीहरूलाई सम्मानित गर्न लागिएको हो ।

‘मोफसलबाट सुरु गरेको यो प्रतियोगिता अहिले राष्ट्रियस्तरको गर्न सफल भएका छांै,’ आयोजक समितिका अध्यक्ष किरण अधिकारीले भने । आयोजक सुन्दरादेवी सन्देश पत्रिका नुवाकोटबाट प्रकाशित हुँदै आएको पत्रिका हो ।  आधुनिक र लोकदोहोरी विधामा हुने उक्त अवार्डमा २१ विद्यामा अवार्ड प्रदान गरिने आयोजक समितिका सदस्य सचिव मनोज थापाले बताए । अवार्डको निर्णायकमा संयोजक वरिष्ठ रङ्ग पत्रकार तथा गीतकार शान्तिप्रिय, सङ्गीतकार सन्तोष श्रेष्ठ र राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सर्जक चन्द्र शर्मा रहेका छन् । कार्यक्रमको व्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रालि काठमाडौंले गर्ने भएको छ । कार्यक्रमको मुख्य सहयोगी संस्था धादिङ उद्योग वाणिज्य माहासंघ रहेको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं