Date:2017/08/22 |Tuesday

रामदेव पनि फिल्ममा

Posted on: August 10, 2017 | views: 51 |

मुम्बई । बाबा रामदेव अब योगा र व्यावसायिक ब्रान्डमा सीमित नहुने भएका छन् । केही रियालिटी शोहरूमा अतिथि निर्णायकका रूपमा देखिएका उनी लाइफ ओकेमा सुरु हुन लागेको ॐ शान्ति ॐ मा निर्णायक प्यानलमा रहने खबर नसेलाउँदै नयाँ खबर सार्वजनिक भएको छ । उनले बलिउड डेब्यु गर्दैछन् । फिल्म ‘ए हे इन्डिया’ मार्फत अभिनयमा देखिन लागेका हुन् । राष्ट्रभक्ति कथामा आधारित फिल्मको गीतमा उनको मुख्य फिचरिङ रहने भएको हो । गीतको बोल रहेको छ ‘सैंया सैंया’ तापेश पन्वारको कथामा बन्न लागेको फिल्मलाई लोम हर्शले निर्देशन गर्दैछन् । फिल्मले २५ वर्षीय गैर आवसायी भारतीय युवाको कथा बोल्छ । जहाँ उसले भारतबारे बनाएको धारणा परिवर्तन गर्छ । फिल्म निर्माता रहेका सन्दीप चौधरीले रामदेव फिल्ममा फिचरिङका लागि सकारात्मक रहेको बताए । ‘उनको डेब्यु बलिउड प्रचारको लागि निकै बलियो माध्यम बन्छ ।’, चौधरीले भनेका छन् । 

अन्य कलाकार ग्याभी छाहल र दियाना उप्पालको मुख्य अभिनय रहेको छ । फिल्मको राजस्थान, विहार, मध्यप्रदेश र गुजरातमा छायांकन गरिने मुम्बई मिररले जनाएको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं