22nd July | 2018 | Sunday | 8:47:29 AM

पल—आँचलको माया

  POSTED ON : Thursday, 10 August, 2017 (9:59:54 AM)

पल—आँचलको माया

काठमाडौं । चलचित्र ‘जोनी जेन्टलम्यान’ को पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मितिसहित सार्वजनिक गरिएको पोष्टरमा चलचित्रका मुख्य कलाकार नायक पल शाह र नायिका आँचल शर्माको माया देखिन्छ । उनीहरू निशास देखिन्छन् । यसअघि सार्वजनिक भएको पोस्टरमा भने पल र आँचल रोमान्टिक मुडमा देखिएका थिए ।

स्थानीय तहको निर्वाचनका कारण पूर्व निर्धारित मितिमा प्रदर्शन हुन नसकेको यो चलचित्र अब भदौ ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यसअघि यो चलचित्र जेठ १९ गतेबाट प्रदर्शनमा आउने फाइनल भएको थियो ।

यसअघि फिल्मको दुई गीत रिलिज भइसकेको छ भने अब दर्शकहरू फिल्मको ट्रेलरको प्रतिक्षामा छन् । चलचित्रभित्र कमेडी, एक्सन र प्रेमको मिश्रण पाइनेछ । नेपाल र भारतका विभिन्न रमणीय स्थानमा फिल्मको छायांकन गरिएको छ । एन्ड्रियु पौडेलको निर्माण रहेको फिल्ममा पल शाहले जोनीको भूमिकामा प्ले गरेका छन् । नीतिन चन्द चलचित्रका निर्देशक हुन् ।