Date:2017/10/21 |Saturday

ह्यान्डसम हंक नेपालको उपाधि निपुनराजलाई

Posted on: August 10, 2017 | views: 66 |

काठमाडौँ । विश्व मिडिया प्रालिको आयोजनामा सम्पन्न भएको ह्यान्डसम हंक नेपाल २०१७ मा निपुनराज श्रेष्ठ बिजेता बनेका छन् । आफूलाई अन्य प्रतिस्पर्धी भन्दाफरक, ह्यान्डसम, बौद्धिक रुपमा अब्बल साबित गर्दै उनले  ह्यान्डसम हंक नेपाल २०१७ को अन्तिम छनौटमा पर्न सफल पच्चीस जना प्रतिस्पर्धीलाइ पछि पार्दै उपाधिजित्न सफल भएका  हुन्।
फस्ट रनरअप उत्तम राज पाण्डे, सेकेण्ड रनरअप टिमेश श्रेष्ठभएका थिए । त्यस्तैगरि मल्टि मिडिया तथा मस्ट पपुलरमा टिमेश श्रेष्ठ, मस्ट डिसिप्लिन दिपेन्द्र कार्की, मिस्टर फोटोजेनिक सुबोध पाण्डे, बेस्ट फिजीक श्रीकृष्णश्रेष्ठ,बेस्ट वाल्क प्रविन परियार, मस्ट ट्यालेण्टेड ओम प्रकाश आचार्य, बेस्ट पर्सनालिटी रिजन बिष्टले उपाधि जित्न सफल भएका थिए ।      
 फाइनलमा नायिका संचिता लुइटेल, कोरियोग्राफर आस्विनी झा, समाजसेवी कृष्णदेबकोटा र फेसन डिजाईनर अमित झा निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं