18th February | 2018 | Sunday | 4:38:32 PM

मण्डला नाटकघरमा को १ छ छ १ छ

  POSTED ON : Thursday, 10 August, 2017 (7:32:35 PM)

मण्डला नाटकघरमा को १ छ छ १ छ

काठमाडौं । अनामनगरस्थित मण्डला नाटकघरको प्रेक्षालय सांगीतिक प्रस्तुतिले गुञ्जायमान हुने भएको छ । आगामी साउन २७ गतेदेखि नाटकघरमा मञ्चन गरिन लागेको सांगीतिक नाटक को ‘१ छ छ १ छ’ ले मण्डलाको मञ्च गुञ्जाउने भएको हो ।

आधा सुर भनेर चिनिने संगीतकार रोशनराज थापाको कथा, परिकल्पना तथा निर्देशनमा तयार हुन लागेको यस सांगीतिक नाटकमा संगीत निर्देशन पनि उनकै रहनेछ । नाटकको आलेख सिजन दाहालले तयार पारेका हुन् । 

लेट्स इन्टरटेनमेन्टको उत्पादनमा बन्न लागेको नाटकलाई जिरो सर्कल इन्टरटेनमेन्ट्सले प्रस्तुत गर्नेछ ।

एउटा छोटो दुरीको यात्रामा एउटा युवकमाथि घटेको घटना र उक्त घटनाका कारण उसले भोगेको मानसिक उथलपुथललाई समेटेर यो नाटक“को १ छ, छ १ छ” तयार पारिएको छ । 

साउन २७ गतेबाट शुरु गरिने नाटक भदौ १७ गतेको दिनसम्म नियमित मञ्चन गरिने बताइएको छ । नाटक मञ्चनको समय साँझ ५ः३० बजे राखिएको छ भने शनिवार दिउँसो १ बजेको अतिरिक्त प्रदर्शन समेत रहनेछ ।

नाटकको निर्देशन रोशनराज थापाले गरेका हुन् । 


सम्बन्धित सामग्री:

निशानको नयाँ गीत

: Monday, 12 February, 2018 (3:32:56 PM)