Date:2017/10/17 |Tuesday

ट्यालेन्ट राउण्डमा देखाए प्रतिभा

Posted on: August 12, 2017 | views: 70 |

काठमाडौं । आउँदो ८ सेप्टेम्बरमा कतारमा हुन गइरहेको ‘मिस विश्वकर्मा इन्टरनेशनल’ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । विश्वकर्मा समुदायका युवतीलाई सृजनशील बनाउनका लागि आयोजना हुने ‘मिस विश्वकर्मा इन्टरनेशनल’का जम्मा १५ प्रतियोगीहरूले बुधबार राजधानीमा एक कार्यक्रमका बीच आफूभित्र भएको प्रतिभा देखाएका हुन् । प्रतियोगीहरूले कसैले गीत गएका थिए त कसैले नृत्य देखाएका थिए । 

मिस ट्यालेण्टमा प्रतियोगीहरूमध्ये सिर्जना विश्वकर्मा, रेश्मा सुनार र रचना बराइली गीत गाएका थिए भने गरिमा विश्वकर्मा, पुष्पा रामदाम, मनीषा गजमेर, रुष्मा पटेलले, स्नेहा घतानी, सुशीला विश्वकर्मा, जिना सेन्चुरी, निलम गजमेर र सोनु विश्वकर्माले नृत्य देखाएका थिए । साथै सविना विश्वकर्मा र सुजना खातीले स्पिच दिएका थिए । ट्यालेण्ट राउण्डमा आफ्नो प्रतिभा देखाएका प्रतियोगीहरूमध्ये जजहरूले दिएको नम्बरको आधारमा टप ट्यालेण्ट छानिनेछ । ट्यालेन्ट राउण्डमा जजको रूपमा संगीतकार राम सिटौला, गायिका जिना रसाइली, नायिका तथा मोडल शुभेक्षा थापा, मोडल निराजन लुइँटेल र फेशन डिजाइनर सुनिता उप्रेती रहेका थिए ।

आयोजक मोनाली इन्टरटेनमेन्टका सञ्चालक दीपक बराइलीका अनुसार कतारमा ‘मिस विश्वकर्मा इन्टरनेसनल २०१७’ भव्य र सव्यताका साथ सम्पन्न हुनेछ । बराइलीले विश्वकर्मा समुदायका युवतीको प्रतिभालाई पनि देशभित्र मात्र नभएर बाहिर पनि पु¥याउने आफूहरूको लक्ष्य भएको बताए । ‘हामीले भन्दै आएका छौं कि नेपालमा विश्वकर्मा समुदाय अझै पनि कुनै–कुनै ठाउँमा पछाडि परेका छन् । विश्वकर्मा समुदायका युवतीले पनि केही गर्न सक्छन् र उनीहरूभित्र पनि राम्रो प्रतिभा छन् भनेर विश्वसामु नै देखाउने हाम्रो लक्ष्य हो । त्यसैले पनि हामीले यो प्रतियोगिता कतारमा गर्न लागेका हौं’, बराइलीले भने । साथै अहिले प्रतियोगीलाई तालिम दिइरहेको बताइएको छ । ‘हामीले प्रतियोगीलाई तालिम दिइरहेका छौं । अब आयोजकमध्येका हामी केही कतारमा केही दिनमै जाने छौं र त्यहाँका विभिन्न नेपाली संघसंस्थाहरूसँग पनि सहकार्य गर्दैछौं’, मोनाली इन्टरटेन्मेन्टकै सरु सुनारले बताइन् । सरुका अनुसार कतारको विश्वकर्मा संगठनले पनि सहकार्य गरेको छ ।

साथै आउँदो भदौ १ गते टप १० छानिनेछ । मिस विश्वकर्मा इन्टरनेशनलको विजेतालाई टिभिएसको स्कुटर प्रदान गरिनुको साथै एअर होस्टेजको प्रशिक्षण निःशुल्क दिइनेछ र सौर्य एअर लायन्समा जागिरको ग्यारेन्टी रहनेछ । साथै, मोनाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा अवसर दिइने र शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिने बताइएको छ । सेकेन्ड रनरलाई ५० हजार र थर्ड रनरलाई ४० हजार नगदसहित अन्य अवसर रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बिजु श्रेष्ठ, बराह ज्वलर्स र आईएमईले मुख्य प्रायोजन गरेको छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं