Date:2017/12/18 |Monday

‘तिमी रोएको पल’(भिडियोसहित)

Posted on: August 13, 2017 | views: 90 |

काठमाडौं । पछिल्लो समय संगीतकार अर्जुन पोखरेल एकपछि अर्को गीतमा सफल हुँदै गएका छन् । यिनै अर्जुनले संगीत तथा शब्द भरेको गीत ‘तिमी रोएको पल’ लाई पनि दर्शकले मन पराएका छन् । फिल्म ‘ऐश्वर्य’ मा समावेश यस गीतलाई सुगम पोखरेल र अन्जु पन्तले गाएका छन् । मुस्ताङको रमणीय दृश्यमा छायाँकन गरिएको यस गीतमा तेन्जु योन्जन र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ । सुदीप बरालले खिचेको यस गीतमा फिल्मको जोडी रमेश उप्रेती र दीपिका प्रसाईं देखिएका छन् ।
‘हामीले गरेको मेहनत सफल भएको छ’ रमेशले भने ‘मुस्ताङमा गरिएको दुखलाई पर्दामा हेर्दा बजाइएको तालीले बिर्साईसकेको छ ।’ फिल्मका निर्देशक दिवाकर भट्टराई पनि निकै खुसी छन् । ‘मैले सोचेको भन्दा राम्रो रेस्पोन्स आयो’ दिवाकर भन्छन् ‘अब झनै चुनौती बढेको छ ।’ गीतमा रमेशको जोडी बनेकी छिन् दीपिका प्रसाईं । डेब्यु गर्ल दीपिकाले पनि पहिलो गीतबाट नै आफूलाई मार्क गर्न सफल भएकी छिन् ।



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं