19th February | 2018 | Monday | 5:10:06 PM

‘रानी’मा मलिनाको प्रेम

  POSTED ON : Thursday, 31 August, 2017 (5:47:06 PM)

‘रानी’मा मलिनाको प्रेम

काठमाडौं । चलचित्र ‘रानी’ को टीजर सार्वजनिक गरिएको छ । नायिका मलिना जोशीको मुख्य भुमिका रहेको ‘रानी’को टीजरमा नायिका मलिनाको साथमा नव–नायकहरु सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठहरु पनि मुख्य भुमिकामा देखिएका छन् । साथै टीजरमा अनुपविक्रम शाहीको पनि भुमिकालाई देखाइएको छ । 

सार्वजनिक टीजर चलचित्रका तिन नायकहरु मलिनाको प्रेममा परेको बुझिन्छ । त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बुझिने चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका छन् ।  पुरुषोत्तम प्रधान, मान कृष्ण महर्जन र सिसन बाँनियाको छायाँकन रहेको चलचित्रमा यम थापाको कथा, विजय घिमिरेको संगीत, बाबु थापा र शिशिर खातीको नृत्य निर्देशन रहेको छ । चलचित्रलाई विमलमान गुवाजु ले निर्माण गरेका छन् । 


सम्बन्धित सामग्री:

निशानको नयाँ गीत

: Monday, 12 February, 2018 (3:32:56 PM)