Date:2017/10/17 |Tuesday

शाहरूखको जुत्ता हराएपछि

Posted on: September 01, 2017 | views: 87 |

मुम्बई । बलिउड स्टार साहरूख खानका साना कुराले पनि बलिउड तथा विश्वभरी नै हंगामा मच्चिने गर्दछ । उनले गरेका क्रियाकलापदेखि उनको आवाससम्मका कुराहरू उनका फ्यानका लागि इच्छुकको कुरा हुन्छ । यस्तैक्रममा शाहरूख खानको यतिखेर जुत्ता हराएको कुराले बलिउडमा केही चर्चा पाएको छ । 

कुनै पार्टी समारोहमा जाँदा स्टाइलिस जुत्ता लगाएर पुग्ने शाहरूख एक पार्टीमा खालि खुट्टा देखिएका थिए । व्यवसायी मुकेश अम्बानीको पार्टीमा सहभागी हुँदा साहरूख आफ्नो जुत्ता हराएपछि तनावमा देखिएका थिए । व्यापारी मुकेश अम्बानीले आफ्नै घरमा गणेश उत्सव आयोजना गरेका थिए । कार्यक्रममा साहरूखलगायत अन्य थुप्रै सेलीब्रेटी सहभागी थिए । कार्यक्रममा पुग्ने बित्तिकै साहरूखले जुत्ता खोलेर गणेश भगवानको दर्शन गरे र त्यसपछि जुत्ता नलगाई निस्किए । कार्यक्रममा सहभागीहरूसँग भेटघाट गर्दा साहरूखले आफ्नो खुट्टामा जुत्ता नभएको ख्यालै गरेनन् । जब पार्टी सकियो अनिमात्रै उनले आफू खाली खुट्टा रहेको थाहा पाए ।

शाहरूखले आफ्नो खुट्टामा जुत्ता नभएको थाहा पाएपछि दौडिएर आफ्नो कार भएतिर लागे । उनले आफूले जुत्ता कहाँ खोलेँभन्दा कुराको याद नगर्दा केही बेर तनाव हुनु परेको हो । जुत्ताको खोजीकै लागि केही व्यक्ति जुट्नुप¥यो । अन्तिममा अम्बानीका छोरा आकाश अम्बानीले साहरूखको जुत्ता खोजेर ल्याइदिएपछि माहोल शान्त भएको थियो । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं