Date:2017/11/23 |Thursday

सन्नीको डान्स अश्लील

Posted on: September 03, 2017 | views: 148 |

मुम्बई । बलिउडमा विशेषतः आइडम डान्सबाट पनि नाम कमाएकी अभिनेत्री सन्नी लियोनले सञ्जय दत्तको कमब्याक चलचित्र ‘भूमि’ मा आइटम गीत गरेकी छन् । ‘ट्रिपी ट्रिपी’ बोलको गीत अहिले पनि चर्चामा छ तर उक्त गीत अभिनेता सञ्जय दत्तलाई पनि अश्लील लागेको बताएका छन् । यस्तो गीत चलचित्रको कथाले नमागेको उनले प्रतिक्रिया दिएका छन् ।

स्रोतका अनुसार सञ्जयले निर्माता र निर्देशकलाई सन्नीको आइटम डान्स काँटछाँट गर्नका लागि दबाब दिइरहेका छन् । जबकि ‘ट्रिपी ट्रिपी’ गीत सामाजिक सञ्जालमा चर्चित भइसकेको छ । गीतलाई लिएर पाएको प्रतिक्रियाले सन्नी भने निकै उत्साहित छन् । सञ्जय आपत्ति जनाएको गीतमा सचिन–जिगरले संगीत दिएका छन् । चर्चिन डान्स डाइरेक्टर गणेश आचार्यले कोरियोग्राफी गरेका छन् । 

चलचित्रमा सञ्जयले एउटा गणेश आरति आफैंले रेकर्ड गरेका छन् । चलचित्रको ट्रेलरको सुरुवात गणेश आरतिबाट हुन्छ । सञ्जयले एक बाबुको भूमिका निर्वाह गरेका छन्, जो आफ्नो छोरीका लागि लड्छन् । सञ्जयकी छोरीको भूमिकामा अदिती राव हैदरी छिन् । फिल्मको क्लाइमेक्समा देखाइने एउटा गीतमा सञ्जयले आवाजसमेत दिएका छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं