Date:2017/09/26 |Tuesday

शिल्पि थिएटरमा नाटक ‘घोडचडी ’

Posted on: September 04, 2017 | views: 237 | दुर्गाप्रसाद चौंलागाई

हिमालय टाइम्स । सुमेरु कला सरोवरको  प्रस्तुतिमा मञ्चन भैरहेको सामाजिक एवं साँस्कृतिक नाटक ‘घोडचडी’ पुरानोबानेश्वर स्थित शिल्पि थिएटरमा प्रदर्शन भैरहेको छ । सुवलमणि सापकोटाको परिकल्पना, कथा र निर्देशन रहेको नाटक मंगलबार बाहेक हरेक दिन साझ ५ः१५ बजे बाट प्रदर्शन हुन्छ ।
भाद्र १६ गतेदेखि असोज २ गतेसम्म चल्ने नाटकको शनिबार दिउँसो १ बजेको अतिरिक्त शो पनि राखिएको छ । नाटक ‘घोडचडी’ तराईमा बसोवास गर्ने चमार समुदाय जसको मुख्य पेशा चोकमा बसेर जुत्ता सिलाउने गर्दछन्, उनिहरुलाई समेटिएको छ ।
चमार जातिको घोडा नित्र्य , चम्खोलि बाजा र आस्थाको केन्द्र थान (मन्दिर वा मठ) मा गुन्जिने भक्ति संगित एवं पूजा विधिको परिवेश प्रस्तुत गएिको नाटक पुराना साँस्कृतिक रीतिरिवाजलाई ध्यान नदिएमा कसरी पेशाव्यवासायलाई जीवन्त राख्न सकिन्छ ? नाटकभित्र यिनै प्रस्नहरुको उत्तर खोज्न पात्रहरुले गरेको रोचक अनि  जीवन्त अभिनयले यथार्थको निकै नजिक पुर्याउँछ ।
 तेत्तिसजना कलाकारलाई एउटै मञ्चमा उभ्याउन सफल नाटक ‘घोडचडी’को प्रमुख कलाकारको रुपमा नाटकमा भगतरामको  भूमिकामा लोकमणि सापकोटा र भागिनीको भूमिकामा सरस्वति अधिकारीले उत्कृष्ट अभिनय गरेका छन् । नाटक भित्र हाम्रै समाज वरपर भइरहेका र देखिरहेका कुराहरुलाई रोचक ढंगमा प्रस्तुत गरिएको छ  । नाटकमा अन्य कलाकारहरु बुधनारायण–सविन कट्टेल ,बौका–विज्ञान गजुरेल,रामवती–सुरभी सापकोटा,ज्वाइँरचमरु–मात्रिका घिमिरे,बुधुनी–दिलासा श्रेष्ठ केसी,पत्रकार–सवनम चौधरी,भुटुवा–सुलभ पाण्डे, मान बहादुर सर–रुपेश लामा,जयकिशन–कपाशेली लक्ष्मण,खबरी–इश्टू,रवी–अनिल कुर्मी,सदानन्द–शंकर काफ्ले,बुहारी–नम्रता काफ्ले र चोर–सन्तोष गौतमले आआफ्नो भूमिकालाई न्याय गरेका छन् ।
 एकघण्टा चालीस मिनेट लामो नाटकमा दर्शकले हाँसो, रोदन संगसंगै तरङ्गका क्षणहरु प्राप्त गर्ने छन् । अत्यन्त रोचक र जीवन्त अभिनय रहेको यस नाटकले जो कोहीको पनि मन जित्ने कुरामा बिश्वास  लिन सकिन्छ ।

Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं