Date:2017/09/26 |Tuesday

‘भुइयाँ’ सार्वजनिक

Posted on: September 05, 2017 | views: 44 |

काठमाडौं । जमिनसँग जोडिएका मान्छेको पीडालाई उठान गरेको पुस्तक ‘भुइयाँ’ सार्वजनिक गरिएको छ । पत्रकार यज्ञशद्वारा लिखित ‘भुइयाँ’ गएको आइतबार लेखक कुमार नगरकोटी र राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । 

पुस्तकको बारेमा बोल्दै साहित्यकार नगरकोटीले विषय र लेखनका दृष्टिकोणले निकै उत्कृष्ट भएको बताए । ‘दुःखको महासागरमा डुबेका पात्रहरू जमिन नभएका हरूवा चरुवाहरू कसरी उपेक्षामा बसेका छन् भन्ने यथार्थ पात्रहरूको वास्तविक कथा यज्ञशले लेखेका छन्’, नगरकोटीले भने । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारीले पनि ‘भुइयाँ’ तराईका जमिनहीनहरूको वास्तविक कथा भएको बताइन् । ‘यो पुस्तकमा जमिन खोसिएका र नभएकाहरू ७० हजार रूपैयाँ नहुँदा कसरी सुकुम्वासी भएका छन् । सामाजिक न्याय खोज्नेहरूका लागि यो गतिलो दस्तावेज हो’, अन्सारीले भनिन् । सामाजिक न्यायको माग गर्दै राज्यविरुद्ध मुद्दा हाल्नेहरूका लागि यो पुस्तक प्रमाण सामग्रीको रूपमा प्रयोग हुने पनि अन्सारीले बताइन् । 

‘भुइयाँ’ का लेखक यज्ञशले सामान्य व्यक्तिहरूका यथार्थ तर अपत्यारिला दैनिक जीवनका वास्तविक कथालाई आफूले पुस्तकको आकार दिएको बताए । ‘यो पुस्तक सामान्य व्यक्तिहरूको असामान्य कथा हो । सामान्यतया हाम्रोमा मध्यमवर्गीय समाज र व्यक्तिका विषय मात्रै लेखनमा समावेश गरेको पाइन्छ तर सामान्य व्यक्तिका विषय उठान गरेको पाइँदैन’, यज्ञशले भने ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं