20th June | 2018 | Wednesday | 11:23:55 AM

‘छक्का पञ्जा २’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

  POSTED ON : Wednesday, 06 September, 2017 (8:19:38 PM)

‘छक्का पञ्जा २’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

हिमालय टाइम्स । दिपाश्री निरौलाद्धारा निर्दे्शित चलचित्र  ‘छक्का पञ्जा २’को ट्रेलर सार्वजनिक भएको छ । 

बुधबार साँझ चलचित्रको ट्रेलर युट्युब मार्फत सार्वजनिक भएको हो । कार्यकारी निर्माता विकास आचार्य रहेको ‘छक्का पञ्जा २’को ट्रेलरमा यूवा पुस्ताको सोचलाई चित्रण गरिएको छ ।

ट्रेलरमा नायिका बर्षा राउत फरक गेटअफमा देखिएकी छिन् । चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल , केदार घिमिरे, बुद्धि तामाङ, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का, बर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ । कलाकार दिपकराज गिरी चलचित्रका निर्माता हुन् ।

आमा सरस्वती मुभिज् ब्यानरबाट बनेको चलचित्र ‘छक्का पञ्जा २’ गत बर्षको छक्का पञ्जाको सिक्वेल हो ।