Date:2017/11/23 |Thursday

‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश

Posted on: September 06, 2017 | views: 92 |

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले यही भदौ २३ सम्म चर्चित रियालिटी शो ‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन आन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश विभाकर भट्टको एकल इजलासले आज नेपाल आइडलको भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार २३ गते दुवै पक्षलाई छलफलको लागि बोलाएको छ । 

अधिवक्ता यज्ञमणि न्यौपानेलगायतले चारै प्रतिस्पर्थीमध्ये कसैलाई आउट नगरी पुनः भोटिङ गर्ने निर्णय खारेज गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । आयोजकले अर्को साताको आइडलको प्रस्तुतिमा आउने भोटसँगै पछिल्लो भोट जोडेर आउट हुने जानकारी गराएको थियो । 

आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतिपछि भोटिङ खुला गरिएको थियो । राती ८ः४५ देखि १२ बजेसम्म भोटिङका लागि समय खुला गरिएको थियो । सो अवधिमा ३७ लाख भोट आएपनि त्यसको आधारमा १६ गतेको प्रस्तुतिमा कसैलाई आउट गरिएको थिएन । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं