Date:2017/11/23 |Thursday

दीपकको ‘आँखैमा हो राखौं कि’

Posted on: September 07, 2017 | views: 84 |

काठमाडौं । दीपक पाठकले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘आँखैमा हो राखौं कि...’ बोलको गीतमा शब्द र सङ्गीत पनि दीपककै रहेको छ । गीतमा सङ्गीत संयोजन चन्दु गोर्खालीले गरेका छन् । 

पहिलो एल्बम ‘म आकाश भएको हुन्छु’ बाट दर्शक–श्रोताको मन जित्न सफल दीपकको दोस्रो एल्बम ‘स्टेप वान’ मा समावेश ‘आँखैमा हो राखौं कि’ लिएर आएका हुन् । स्टेप वानमा रहेका गीतमध्ये ‘माकुरीले जाल बुने जसरी...’को भिडियो केही दिनअघि सार्वजनिक भएको थियो भने ‘आँखैमा हो राखौं कि...’को भिडियो हालै सार्वजनिक भएको हो । 

भिडियोमा पुष्प खड्का र वर्षा सिवाकोटीको अभिनय छ । राम श्रेष्ठ र निरज कँडेलले खिचेको यो गीतको भिडियोमा दीपक सिंहको कोरियोग्राफी छ । अनिलकुमार महर्जनले सम्पादन गरको यो भिडियोलाई सुमन घिमिरेले निर्देशन गरेका छन् ।

विगत २५ वर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा रहेका दीपकले थुप्रै कलेक्नस एल्बमहरूमा स्वर दिएका छन् भने चलचित्र गीत पनि गाएका छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं