Date:2017/09/26 |Tuesday

मेलाको गीतलाई ३ दिनमा ५ लाख भ्युज

Posted on: September 08, 2017 | views: 24 | श्याम कार्की

रौतहट । चलचित्र मेलाको नयाँ गीत ‘परिचय पाउन त नानीको’ बोलको गीत १ दिनमा साढे चार लाख दर्शकले हेरेका छन् । हाइलाइट्स नेपालका अफिसियल युट्युव च्यानलमार्फत रिलिज भएको सो गीत बिहीबार साँझसम्म ५ लाख २० हजारभन्दा बढीले हेरेका छन् । चर्चित नेपाली गायिका अन्जु पन्त र गायक रामचन्द्र काफ्लेको स्वरमा सजिएको सो गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । दिग्गज धौरालीको शब्द रहेको सो गीतमा कलाकार गजित विष्ट र पवित्रा आचार्य नृत्य गरेका छन् । झण्डै आधा दर्जन फिल्ममा नायिकाको रूपमा काम गरेकी पवित्राले ‘मेला’ बाट कोरियोग्राफरको रूपमा डेव्यु गरेकी छिन् । लोकलयमा आधारित शब्द तथा लयले सजिएको सो गीतले दर्शक श्रोताको मन जित्ने दाबी गर्दै युट्युवमा करोडभन्दा बढी दर्शकले हेर्ने निमार्ण पक्षले आशा गरेको छ । चलचित्रलाई यसअघि ‘राजनीति’ र ‘आवेग’ जस्ता फिल्म निर्देशन गरेका वसन्त निरौलाले निर्देशन गरेका हुन् । फिल्ममा सलोन बस्नेत, आमेश भण्डारी, अशिष्मा नकर्मी, वसन्त भट्ट, निरज श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मका प्रस्तुतकर्ता समेत रहेका हरि पन्तले पटकथा,  संवाद लेखन तथा सहायक निर्देशकको काम गरेका छन् । कात्तिक २४ देखि रिलिजमा सो चलचित्रले नेपाली दर्शकको मन छुने प्रस्तुतकर्ता पन्तले बताए  ।

 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं