Date:2017/09/19 |Tuesday

सहदेवलाई उत्कृष्ट संगीतकारको अवार्ड

Posted on: September 11, 2017 | views: 29 |

काठमाडौं । विगत लामो समयदेखि गीतसंगीतको क्षेत्रमा काम गर्दै आएका सहदेव कोइराला ‘ओएस नेपाल म्युजिक अवार्ड २०७४’ बाट सम्मानित भएका छन् । चाहाना मिडिया प्रालिका अध्यक्षसमेत रहेका संगीतकर्मी सहदेव कोइरालाले उक्त अवार्ड समारोहमा सर्वोत्कृष्ट लोक दोहोरी संगीतकारको अवार्डसमेत हात पारे । 

‘मनै खाने रैछ तिम्रो रूप’ बोलको गीतबाट अवार्ड पाएका सहदेव ले अहिलेसम्म आफ्नो शब्द संगीतमा तीन सय बढी गीत तयार पारिसकेका छन् । लोकदोहारी र सुगम संगीत दुवै विधामा कोइराला एक कुशल गीतकार एवं गीतकारका रूपमा परिचित छन् । कोइरालासँगै ओएस नेपाल म्युजिक अवार्डअन्तर्गत ‘मलामी’ गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड पुष्कल शर्माले हात पारे भने गीतकारको अवार्ड ‘जवानीमा धक्का’बाट कस्तुपराज पन्तलाई प्रदान गरियो ।

सम्पादक दीपक विष्टले सर्वोत्कृष्ट सम्पादन अवार्ड हात पारे । २०७३ वैशाखदेखि २०७४ असारसम्म सार्वजनिक भएका गीतसंगीतका विभिन्न ४३ विधाको सर्वोत्कृष्ट पाँचभित्र परेका रचनाका सर्जकलाई आर्मी अफिसर क्लबमा शुक्रवार भव्य कार्यक्रमको आयोजना गरी अवार्ड प्रदान गरिएको हो । अवार्ड जम्मा ४३ विधामा प्रदान गरिएको थियो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं