19th January | 2018 | Friday | 10:49:09 PM

‘मान्दैन यो मन’ बन्ने

  POSTED ON : 2017-09-12 09:56:13

‘मान्दैन यो मन’ बन्ने

काठमाडौं । प्रेम र द्वन्द्वप्रधान कथामा चलचित्र ‘मान्दैन यो मन’ बन्ने भएको छ । रिच इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्र दशैंपछि फ्लोरमा जाने चलचित्र युनिटले जनाएको छ । 

सोम कुस्कुमाझीले निर्देशन गर्ने यो चलचित्रमा हालसम्म कलाकार करण श्रेष्ठ र नायिका जोश्ना घले मात्र फाइनल भइसकेका छन् । निर्देशक कुस्कुमाझीले बाँकी कलाकारको खोजी भइरहेको बताए । चलचित्रमा विष्णु क्षेत्री, राजेश खड्गी, खेमनारायण सापकोटा र निलम केसीको लगानी रहने छ । काठमाडौं, पोखरा, जोमसोम र सिन्धुपाल्चोकमा छायांकन हुने फिल्ममा बादल लिम्बुको संगीत रहनेछ ।