22nd June | 2018 | Friday | 5:53:58 AM

फरक धारका चलचित्र निर्माणमा बिबी

  POSTED ON : Thursday, 14 September, 2017 (4:24:38 PM)

फरक धारका चलचित्र निर्माणमा बिबी

काठमाडौं । नेपाली चलचित्रक्षेत्रमा फरक कथालाई लिएर निर्माण गरेका चलचित्रलाई दर्शकले मन पराएको पाइन्छ । हुन त कथामात्र फरक भएर हुँदैन, त्यसलाई प्रस्तुतीकरण पनि मुख्य कुरा हुन्छ । तर जति पनि प्रदर्शनमा आएका चलचित्र छन् फरक कथा र प्रस्तुती भयो भने दर्शकले मन पराएको रिजल्ट देखिँदै आएको छ । 

यस्तै नेपाली चलचित्र जगतका फरक चलचित्रहरू निर्माण गर्दै आएका निर्माता तथा निर्देशकको रूपमा चिनिन्छन् बिबी फुँयाल । नेपालमा समलिंगीको कथामा आधारित कम चलचित्र बनेका छन् तर नेपालमा पहिलोचोपटक समलिंगी प्रेमलाई आधारित बनएर निर्देशक बिबी फुँयालले निकै ठूलो प्रयास गरेक थिए केटा–केटा बीचको प्रेमलाई प्रस्तुत गरेर नेपाली चलचित्र क्षेत्रमा एउटा नौलो प्रयोग गरेका थिए ।

त्यसैगरी उनले चितवनको माडीमा २०६९ सालमा बोक्सिको आरोप लगाएर निर्मम तरिकाले कुटपिट गरी जिउँदै जलाएर हत्या गरिएकी महिला ढेगनीदेवी महतोको सत्य घट्नामा आधारित चलचित्र ‘रक्तभोग’ निर्माण गरेका थिए । नेपालमा क्रिकेटको एकदमै राम्रो भएपनि खेलसम्बन्धी धेरै फिल्म फल्प भएका करणले क्रिकेटसम्बन्धी कसैले चलचित्र बनाउन शाहस नगरे पनि, चलचित्र इतिहासमा क्रिकेटको विषयमा पहिलोपटक फिल्म बनाउने निर्देशक बिबी फुँयाल हुन् । सधैं अलग र नयाँ किसिमको काम गर्न मनपराउने उनले बताए ।

हाल उनी एक अनटाइटल प्रोजेक्टमा काम गर्दैछन् । बिबीले निर्देशन गर्ने उक्त प्रोजेक्ट एक वायोपिक चलचित्र हो । चलचित्र ‘द लास्ट किस’ जस्तै सफल हुने हो कि होइन आगामी दिनमा थाहा हुनेछ ।