Date:2017/11/23 |Thursday

परदेशको कथामाः ‘छोरो’

Posted on: September 14, 2017 | views: 112 |

काठमाडौ । नेपालमा पढेर कुनै जागिर नपाएपछि विदेशिनु पर्दाको पीडासहितको गीत ‘छोरो’ सार्वजनिक गरिएको छ । कर्ण रसाइलीको स्वरमा रहेको उक्त गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । गीतमा सर्जक तथा गायक विरही कार्कीले लय तथा शब्द भरेका छन् ।

गीतको म्युजिक भिडियोतर्फ कुमार केसीको निर्देशनमा कालाकार तथा निर्देशक मोहन निरौला, विद्या कार्की, लीला गिरी, मोहन सिंङ जिपी, विशाल कार्कीलगायतको अभिनय छ । गीत ‘मेरै यादमा रुँदी हौं आमा, सधंै आँसु बोकेर आँखामा’ जस्ता मार्मिक शब्दले सजिएको छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं