22nd July | 2018 | Sunday | 12:27:23 PM

उपत्यका बाहिर मेरो पैसा खोई

  POSTED ON : Friday, 06 October, 2017 (9:51:19 AM)

उपत्यका बाहिर मेरो पैसा खोई

हिमालय टाइम्स । दसैंको फूलपातीदेखि काठमाडौं उपत्यकाका चलचित्र भवनहरूमा प्रदर्शनमा आएको चलचित्र मेरो पैसा खोई, शुक्रबारदेखि उपत्यका बाहिरका चलचित्र भवनहरूमा लाग्दैछ ।

काठमाडौंमा अपेक्षाकृत सफलता हासिल गर्न नसके पनि निर्माण पक्ष उपत्यका बाहिरका दर्शकले यो चलचित्र मनपराउने कुरामा ढुक्क छ ।
चलचित्र मेरो पैसा खोई हास्य प्रधान चलचित्र हो जसमा शरीर बेचेर जीवन गुजारा गरिरहेकी एक युवतीको प्रेमकथा हेर्न पाइन्छ । सुरुमा बलिउड निर्देशक विवेश शर्माले निर्देशन गरेको यो चलचित्रबाट उनले हात झिकेपछि निर्माता रोज राणा आफैंले उक्त चलचित्रको निर्देशनसमेत गरेका हुन् ।