Date:2017/10/17 |Tuesday

‘डमरुको डन्डिबियो’ बन्ने

Posted on: October 08, 2017 | views: 47 |

काठमाडौं । अब्बल अभिनय तथा उत्कृष्ट लेखनबाट नाम कमाएका अभिनेता खगेन्द्र लामिछाने र छेतन गुरुङको संयुक्त लेखनमा नयाँ चलचित्र ‘डमरुको डन्डिबियो’ बन्ने भएको छ । यो चलचित्रलाई समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा सुमी श्रेष्ठ घले र विनोद गुरुङले निर्माण गर्न लागेका हुन् । चलचित्रमा छेतन गुरुङले डेब्यु निर्देशन गर्दैछन् ।

चलचित्रमा अनुप बराल, मेनुका प्रधान, नमिता घिसिङ, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण विक्रम बस्नेत, अंकित खड्का लगायतको अभिनय रहने बताइएको छ । साथै चलचित्रमा कालीप्रसाद बास्कोटाको संगीत रहनेछ । यही आसोज २२ गतेबाट छायांकनको लागि फ्लोरमा उत्रने फिल्म लमजुङको घले गाउँ र काठमाडौंमा छायांकन हुनेछ । चलचित्रका निर्माता विनोद गुरुङ हुन् भने चलचित्रको निर्माण बजेट १ करोड ५० लाख रहने बताइएको छ । चलचित्रको प्रदर्शन मिति भने आउँदो चैत महिनालाई राखिएको छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं