Date:2017/10/17 |Tuesday

सामाजिक सेवासँगै सीतारामको जन्मदिन

Posted on: October 08, 2017 | views: 30 |

काठमाडौं । ‘आँखाको नानी हौ तिमी’ बोलको गीतबाट दर्शक तथा श्रोतामाझ चिनिएका गायक सीताराम पोखरेलले आफ्नो जन्मदिन सामाजिक काममा खर्चिएका छन् । विसं उनले जन्मदिनको अवसरमा बुधबार काठमाडौं, गोकर्णमा रहेको स्वास्थ्य समाज नेपालमा आश्रित बालबालिकाका लागि खाद्यान्न उपलब्ध गराएका हुन् ।

संस्थापक सीता श्रेष्ठलाई ६ महिनाका लागि सामग्री हस्तान्तरण गर्दै उनले केकसमेत काटे । चौध वर्षदेखि पोखरेल आफ्नो जन्मदिन विभिन्न संघसंस्था वा पीडितलाई सहयोग गर्दै मनाउँदै आएका छन् । उनले भने, ‘हरेक वर्ष थप एउटा वसन्तपार गर्नुको खुसी जीवनकै लागि संघर्षरतहरूसँग मनाउनुले संन्तुष्टि दिन्छ ।’ सीताराम विसं २०४४ सालदेखि गीतसंगीतको क्षेत्रमा सक्रिय छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं