Date:2017/12/17 |Sunday

रणवीर—कट्रिना श्रीमान श्रीमती !

Posted on: October 09, 2017 | views: 162 |

मुम्बई । रणवीर सिंह र नायिका कट्रिना कैफ बलिउडका चर्चित अभिनेता—अभिनेत्री हुन् । यी दुई कलाकारलाई दर्शकले पर्दामा निकै रुचाएका छन् । अब भने यो जोडी पर्दामा श्रीमान्—श्रीमतीको भूमिकामा देखिने भएका छन्, त्यो काम निर्देशक कविर खानले गर्ने भएका हुन् । बताइएअनुसार भारतीय क्रिकेट टिमका पूर्वकप्तान कपिल देवको जीवनीमा चलचित्र बन्ने भएको छ ।

उक्त चलचित्रमा रणवीर सिंह कपिलको भूमिकामा देखिने भएका छन् भने कपिलकी श्रीमती रोमी देवको भूमिकामा कट्रिना देखिने भएकी छन् । रणवीर कपुरसँग ६ वर्ष प्रेममा रमाएर अलग भएकी कैफ अब रणवीर सिंहको श्रीमती बन्ने तयारीमा छिन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं