22nd July | 2018 | Sunday | 12:28:09 PM

बिग बोस होष्टमा शाहरूख !

  POSTED ON : Monday, 09 October, 2017 (4:41:39 PM)

बिग बोस होष्टमा शाहरूख !

मुम्बई । बलिउडमा बादशाहको रूपमा चिनिएका अभिनेता शाहरूख खानलाई एक कार्यक्रमको उद्घाटनको क्रममा पत्रकार सम्मेलनमा एक प्रश्न सोधियोे— ‘के तपाईं बिग बोसको होष्ट बन्न चहानुहुन्छ ?’ उनले यो प्रश्नको सजिलो उत्तर दिए— ‘समय र राम्रो पैसा मिल्यो भने अवश्य गर्न चाहान्छु ।’ उनले मजाक शैलीमा यस्तो उत्तर दिँदै पुनः भन्छन्— ‘मैले धेरै कार्यक्रम होष्ट गरेको छु, यो त्यो कार्यक्रम भन्ने नै हुँदैन नि तर आजसम्म बिग बोस जस्तो कार्यक्रमका लागि अफर आएको छैन ।’

पछिल्ला फिल्महरूमा समीक्षकबाट राम्रो प्रतिक्रिया नपाएका शाहरूख अब केही समय ‘टेड टक्स इन्डिया— नयाँ सोंच’ का लागि व्यस्त रहनेछन् । उनको आगामी फिल्म ‘ड्राफ’ पनि प्रोडक्शनको फेजमा रहेको छ । जसमा उनी होचो कदको पात्रमा देखिँदैछन् । फिल्ममा अनुस्का शर्मा र कट्रिना कैफको पनि अभिनय रहनेछ । फिल्मले सन् २०१८ को क्रिस्टमसलाई रिलिज टार्गेट बनाएको छ ।