Date:2017/10/17 |Tuesday

बाल एकल अभिनय महोत्सव हुने

Posted on: October 10, 2017 | views: 35 |

काठमाडौं । राष्ट्रिय बाल एकल अभिनय महोत्सव आयोजना हुने भएको छ । काठमाडौं प्रज्ञा कुञ्ज स्कुलले यही आउँदो कात्तिक २०, २१ र २२ गते शिल्पी थिएटरमा उक्त महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सवमा देशभरिबाट ३० वटा स्कुल सहभागी हुँदैछन् । बालबालिकाहरू सक्षम तथा व्यावहारिक हुनका लागि पढाएर, सिकाएर मात्र नहुने भन्दै उनीहरूको पढाइ माझिएर प्रयोगमा आउनु आवश्यक हुने भन्दै यो महोत्सव गर्न लागिएको बताइएको छ ।  

महोत्सवमा सहभागी विद्यार्थीलाई अभिनयसम्बन्धी कार्यशाला पनि सञ्चालन गरिने बताइएको छ । महोत्सवमा सहभागी बालबालिकाहरूमध्ये उत्कृष्ट अभिनय, उत्कृष्ट प्रस्तुति र उत्कृष्ट नाटक देखाउनेलाई नगद ५ हजार  बाट पुरस्कृत पनि गरिने महोत्सव निर्देशक टंक चौलागाईंले जानकारी दिएका छन् ।  


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं