Date:2017/12/17 |Sunday

अशिष्माले ‘लाखे भाजु’ बनाउने

Posted on: October 11, 2017 | views: 64 |

काठमाडौं । नेपाल भाषाको चलचित्र ‘लाखे भाजु’ निर्माण हुने भएको छ । नायिका अशिष्मा नकर्मीको मुख्य अभिनय तथा निर्माणमा यो चलचित्र बन्न लागेको हो । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको यो चलचित्रलाई अशिष्माले नै लेखन तथा निर्देशन गर्दैछिन् । 

५० लाख बजेटमा निर्माण हुने भनिएको यो चलचित्रमा अशिष्मा नकर्मी, सोहित मानन्धर, मदनदास श्रेष्ठ, नगिना जोशीलगायतका कलाकारको मुख्य भूमिका रहनेछ । प्रदिपकुमार उदय परिकल्पनाकार रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, मनराजा नकर्मीको संगीत रहनेछ । चलचित्रले ‘लाखे’को उत्पत्ति कसरी भयो भन्ने कथालाई उठान गर्नेछ । साथमा, चलचित्रले सोहित र अशिष्माको प्रेमकथालाई चलचित्रमा प्रस्तुत गर्नेछ ।

चलचित्रमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, चिजकुमार श्रेष्ठ, सुन्दरराज भण्डारी, दीपक श्रेष्ठको लगानी रहनेछ । नायिका तथा प्रस्तुतकर्तासमेत रहेकी अशिष्माले विश्व बजारमा नेपाल भाषाको चलचित्रको माग धेरै रहेकाले आफू चलचित्र निर्माणमा अग्रसर भएको बताइन् । चलचित्रको छायांकन तिहारपछि हुनेछ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं