Date:2017/10/17 |Tuesday

‘आयो तिहार फूलमाला’ सार्वजनिक

Posted on: October 11, 2017 | views: 41 |

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाडको रूपमा लिइने तिहारको अवसरमा विभिन्न गीत सार्वजनिक भइरहेको बेला ‘आयो तिहार फूलमाला’ बोलको गीत पनि सार्वजनिक गरिएको छ । नेपाली सांस्कृतिक परिवेशमा आधारित लोककलाकार माधव दाहाल, गान्धर्वराज पौडेल, मीना नेपाल र साथीहरूको स्वरमा गत वर्षझैँ यस वर्ष पनि रमाइलो देउसी गीत भिडियो सेयरिङ साइट युट्युवमार्फत सार्वजनिक गरिएको हो । 

प्रत्येक वर्ष चाडपर्व लक्षित गीत सार्वजनिक गर्दै आएका गायक माधव दाहालले यसवर्ष पनि यस गीतमा दामोदर बास्कोटासँग मिलेर लय तथा शब्द भरेका छन् । सार्वजनिक गरिएको भिडियोलाई प्रकाश शर्माले निर्देशन गरेका हुन् भने रविन विकले सम्पादन गरेका छन् । भिडियोलाई शम्भु चालिसेले खिचेका हुन् । 

 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं