Date:2017/10/20 |Friday

‘मिस युनिभर्स’ भित्र्याएकी नग्मा

Posted on: October 12, 2017 | views: 56 | गोपिकृष्ण चापागाईं

काठमाडौं । नग्मा श्रेष्ठ सौन्दर्य प्रतियोगीहरूमा आफ्नो नाम अग्रङ्क्तिमा राख्दै आजभन्दा पाँच वर्षअघि मिस नेपाल अर्थ बनेकी थिइन् । मिस नेपालमा फस्ट रनर्सअपको ताज पहिरिएकी नग्मा मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेमध्ये सबैभन्दा अगाडि पुग्ने नेपाली सुन्दरी बनिन् । उनले नेपालमा भएको तीन र अन्तर्राष्ट्रिय ६ सौन्दर्य प्रतियोगितामा सहभागिता जनाइसकेकी पनि छन् । ‘वल्र्ड मिस युनिभर्सिटी–२०१६’ मा नेपालका तर्फबाट प्रतिनिधित्व जनाएकी नग्मा श्रेष्ठले थर्ड रनर्स अपको ताज जितिन् । प्रतियोगितामा उनले मिस फिटनेसको अवार्ड पनि पाइन् । त्यस्तै नग्मा इजिप्टमा भएको मिस इको युनिभर्स २०१६ की बेस्ट टुरिजम भिडियो अवार्डकी विजेतासमेत हुन् । 

अहिले नग्मा ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्दैछिन् । अहिलेसम्म नेपालबाट ‘मिस युनिभर्स’मा कसैले पनि सहभागिता जनाएको थिएन । विश्व प्रसिद्ध मिस युनिभर्सको फ्रेन्चाइज नग्मा स्वयंले नेपालमा भिœयाएकी हुन् । नग्माले लगातार चार वर्षको प्रयासले मिस युनिभर्सको फ्रेन्चाइज नेपाल भिœयाउन पाएकोमा खुसी व्यक्त गर्छिन् । आउँदो नोभेम्बर ५ मा मिस युनिभर्समा सहभागी हुने नग्मा अमेरिका जाँदैछिन् । यसैबीच नग्माले मिस युनिभर्स भिœयाउँदाका दुःख र अहिले सहभागी हुन पाउँदाका सुखी हिमालय टाइम्सँग साटेकी छिन् ।


चार वर्षदेखिको प्रयास सफल भयो 

मैले सबैभन्दा ठूलो ब्युटी प्याजेन्ट ‘मिस युनिभर्स’ नेपालमा भिœयाउनका लागि चार वर्ष निरन्तर दुःख गरेकी छु । ६५ औं मिस युनिभर्स हुँदासम्म पनि नेपालको सहभागिता थिएन मलाई धेरै ठूलो सहयोग गर्नुहुने र ‘मिस युनिभर्स’ का सहभागी हुनुपर्छ भनेर प्रेरणा दिने मिस अर्थको हाम्रो टिम म्यानेजर रुरुलाई धेरै सम्झिन्छु । उहाँकै कारण आज मेरो सपना सफल भएको हो । रुरुले तिमी अब मिस युनिभर्समा भाग लिनुपर्छ भनेपछि मेरो लक्ष्य त्यसतर्फ मोडिएको हो । 

यो ब्युटी प्याजेन्ट नेपालमा भिœयाउनका लागि मैले यसमा नेपाल पनि इच्छुक छ, नेपाल पनि सहभागी हुन चाहन्छ भनेर सन् २०१२ देखि निरन्तर इमेल लेखेँ तर कहिल्यै इमेलको रिप्लाई आएन । त्यस्तैमा सन् २०१६ को कुरा हो म अमेरिकामा एक कार्यक्रमको जज् बन्न पुगेकी थिएँ । त्यो बेला ‘मिस युनिभर्स’ को प्रमुख कार्यालयमा सम्पर्क गरेँ मैले भेट्ने मौका पाएँ । भेटमा इमेलको कुरा पनि उठाइएको थियो मैले नेपाल पनि सहभागी हुन चाहन्छ भनेर ‘कन्भिन्स’ गरेपछि उनीहरू तयार भए । 


नेपाललाई चिनाउनु मुख्य उद्देश्य

मैले मिस युनिभर्सको सपना देखेकै मेरो देश नेपाललाई चिनाउनका लागि हो । मैले सहभागी जनाउनु भनेकी नेपालले सहभागी जनाउनु हो त्यसैले मैले निरन्तरको संघर्षबाट यो सफलता पाएकी हुँ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता नेपाल चिनाउने एकदम ठूलो प्ल्याटफर्म हो । देशको राष्ट्रिय र ऐतिहासिक महŒवको कुरा, प्राकृतिक एवं सांस्कृतिक विविधताको कुरा, जातजाति, भेषभुषाका कुरालाई प्रस्तुत गर्ने ठाउँ भएकोले यो ब्युटि प्याजेन्टको विशेष महŒव छ । अहिले नेपालमा मिस युनिभर्सको बारेमा धेरैलाई ज्ञान छैन । यो पनि फुटबल, क्रिकेट खेल जस्तै हो, यसका पनि समर्थक हुन्छन्, अहिले थोरै होलान् तर यसको प्रचार गर्दै जाने हो भने भोलिको दिनमा धेरैले यसको महŒव बुझ्छन् ।


तयारी नपुग्नु कमजोरी

हाम्रो नेपालमा जति पनि सौन्दर्य प्रतियोगिता हुन्छन् तयारी नपुग्दा हामी पछि परिरहेका हुन्छौं । अहिले मिस युनिभर्सका लागि पनि धेरै तयारीको आवश्यक छ जुन अहिले नेपालका लागि हिडन ट्रेजरले गरिरहेको छ । फाइनलमा पुगेकालाई जुन एक महिनाको तालिम हिडन ट्रेजरले दिन्छ त्यसले धेरै कुरा सिकाउँछ । टाइटल जितेर अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्नेहरू कम्तीमा पनि ९० देशको सुन्दरीहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ । प्रतिस्पर्धा राम्रो देखिने विषयमा मात्र हुँदैन । कसरी प्रस्तुत हुन्छ भन्ने पनि हुन्छ । त्यसैले बाहिर सौन्दर्य प्रतियोगितामा भाग लिन जानेलाई कुन लुगामा कसरी हिँड्ने, कुन लुगामा कसरी बस्ने, कसरी खाने सबै सिकाइनु पर्छ । हाम्रो देशमा अन्य देशमा जस्तो ब्युटी स्कुल छैन अझ ट्रेनरको पनि कमी छ त्यसले गर्दा पनि यस्ता सौन्दर्य प्रतियोगितामा युवतीहरू कम आकर्षित भएको पाइन्छ । 

हौसलाले उत्साहित छु 

म मिस युनिभर्समा सहभागी हुने भने पनि धेरैले मलाई हौसला दिनु भएको छ । यो अवसर मेरा लागि चुनौती पनि हो र आफ्नाले गरेको विश्वासलाई शक्तिमा बदल्ने मौका । लामो समयदेखि सतिन कुँवर सरसँग प्रशिक्षण लिँदै आएको छु । सहभागी हुने भए पनि फिटनेशमा अझ बढी ध्यान दिएकी छु ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं