Date:2017/12/14 |Thursday

कसरी हुन पुग्यो रेखाको कार दुर्घटना ?

Posted on: October 12, 2017 | views: 125 |

काठमाडौं । नायिका रेखा थापाले चलाएको कार दुर्घटनामा परेको छ । बा१४च ४७२ नम्बरको रेखाको कारलाई दायाँपट्टीबाट ओभरटेक गर्ने क्रममा ना२ख ८६२४ नम्बरको मालवाहक ट्रकले कारको दायाँ भागमा धक्का दिँदा केही क्षति हुन पुगेको छ । रेखा भने सकुशल छिन् । 

एक टेलिभिजनको अन्तर्वार्ता सकेर अम्बे अपार्टमेन्ट फर्कँदै गर्दा रेखाको कारलाई ट्रकले धक्का दिएको हो । दुर्घटनामा परेका कार र ट्रक दुवैलाई प्रहरीले नियन्त्रणमा लिई गौशाला प्रहरी वृत्त परिसरमा राखेको छ । रेखा र आर्यन स्टारर चलचित्र ’रुद्रप्रिया’ कात्तिक २ बाट प्रदर्शनमा आउँदैछ । नायिका रेखा यतिबेला यसै चलचित्रको प्रचारप्रसारमा व्यस्त रहेकी छिन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं