Date:2017/12/14 |Thursday

रेखाको सिउँदोमा अमिताभको नामको सिन्दुर !

Posted on: October 12, 2017 | views: 82 |

मुम्बई । बलिउडका सुपरस्टार अमिताभ बच्चन रेखासँग जोडिएको खबर अहिलेसम्म पनि सेलाउन सकेको छैन । अहिले पनि बलिउडमा यी दुईको नाम एकअर्कामा जोडिएको पाइन्छ । यसैबीच रेखाले आफ्नो सिउँदोमा अमिताभको नामको सिन्दुर लगाउने गरेको खबरले अहिले बलिउड तताएको छ । 

बिग बोसका पूर्व प्रतिस्पर्धी पुनित इस्सरकी पत्नी दीपाली इस्सरले दीपालीले एक अन्तर्वार्तामा बलिउडकी सुपरस्टार रेखाले अमिताभ बच्चनको नामको सिन्दुर लगाउने गरेको बताएकी थिईन् । हुनत यो कुरा निकै पहिले बाटनै चर्चामा आएको थियो तर यसरी खुलेर कसैले भन्ने हिम्मत गरेको थिएन । मानिसहरूले यसअघि पनि रेखाले सिन्दुर किन लगाउँछिन् भन्ने जान्ने कोसिस गरेका हुन् । तर यो चर्चाका कारण मानिसहरूले यस कुरालाई सही मानेका पनि थिए । तर केहीले रेखाले सिन्दुर लगाउनु उनको स्टाइल रहेको पनि भन्ने गर्छन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं