Date:2017/10/17 |Tuesday

खुलिन् केकी

Posted on: October 13, 2017 | views: 29 |

काठमाडौं । आउँदो कात्तिक ९ गतेबाट देशव्यापी रूपमा चलचित्र ‘ऐश्वर्य’ प्रदर्शनमा आउँदैछ । चलचित्र क्षेत्रमा कमव्याक भएका नायक रमेश उप्रेतीले निर्माण गरेको यो चलचित्रमा रमेश र नवनायिका दिपिका प्रसाईंको मुख्य भूमिका रहेको छ । चलचित्रमा मुख्य भूमिकामा रहेकी अर्की चर्चित नायिका केकी अधिकारीको भूमिकाको बारेमा भने चलचित्र युनिटले कुनै पनि जानकारी दिएको थिएन । तर अब भने केकीको रूप चलचित्र युनिटले खुलाएको छ । 

 यसअघि ट्रेलरमा सस्पेन्स रूपमा देखिएकी केकीलाई निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोष्टरमा अभिनेता रमेश उप्रेतीसँग देखाइएको छ । ट्रेलरमा दर्शकलाई सरप्राइज दिएपछि निर्माण टिमले केकीलाई पोष्टरमा पनि रिलिज गरेको हो । चलचित्रका लेखक तथा निर्देशक दिवाकर भट्टराई भन्छन्– ‘हामीले केकीजीलाई हाइड ग¥यौं भन्ने पनि कहीँ कतै सुने तर यो सब टिमको प्लानिङ नै हो । केकीजी फिल्ममा महŒवपूर्ण भूमिकामा हुनुहुन्छ भने उहाँले सबैको मन पनि जित्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौं । केवल हामीले पब्लिसिटी प्लानिङअनुसार उहाँलाई अगाडि ल्याएका हौ ।’ 

त्यस्तै चलचित्रका अभिनेता तथा निर्माता रमेश उप्रेती भन्छन्,  ‘फिल्मको सार्वजनिक गीत र ट्रेलरमार्फत आएको रेस्पोन्सले खुसी बनाएको छ । एउटा राम्रो फिल्म बनाउने र मेकिङको स्तरीयता पनि देखाउने सपना पूरा भए जस्तो लाग्छ । म विदेशमा बस्ने नेपालीलाई क्वालिटीको फिल्म देखाउन चाहन्थेँ । हामीले नयाँ पोष्टरमा केकीजीलाई रिलिज गरेका छौं ।’ 

चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसार्इं, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । अमेरिकाको बसाइपछि नेपाल फर्किएका रमेशले यसै चलचित्रमार्फत निर्माताको रूपमा पनि डेब्यु गरेका छन् । निर्मल शर्मा सह–निर्माता रहेको यस चलचित्रमा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं