Date:2017/10/20 |Friday

१९ औं ईमेज अवार्ड

Posted on: October 13, 2017 | views: 40 |

हिमालय टाइम्स काठमाडौं । नेपाली गीत, संगीत क्षेत्रका उत्कृष्ट स्रष्टाहरुलाई सम्मान गर्न यस वर्षको ईमेज अवार्ड वितरण कार्यक्रम आज राजधानीमा भएको छ ।

ईमेज च्यानलले दुई दशकदेखि वार्षिक रुपमा आयोजना गर्दै आएकोे सांगीतिक वृत्तको सबैभन्दा ठूलो उत्सव ईमेज अवार्डको १९ औँ संस्करण हो ।

विगतका वर्षमाजस्तै यस वर्ष पनि गीत, संगीत, रचना, संगीत संयोजनलगायत म्युजिक भिडियो र सार्वजनिक रुचि समूह गरी २३ विधामा विजेता घोषित गरिने छ । सबै विधाका उत्कृष्ट पाँचरपाँच मनोनयन सार्वजनिक गरी त्यसकै आधारमा विज्ञको रोजाइ र दर्शकको मतका आधारमा विजेता घोषणा गरिन लागेको हो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं