18th February | 2018 | Sunday | 4:26:56 PM

यसरी मनाए सेलिब्रेटीले तिहार

  POSTED ON : Monday, 23 October, 2017 (4:30:32 PM)

यसरी मनाए सेलिब्रेटीले तिहार

काठमाडौं । चलचित्रमा दिनहुँ व्यस्त हुने सेलिब्रेटीहरूले पनि आफ्ना दिदीबहिनी तथा दाजुभाइसँग तिहारको टीका लगाएका छन् । शनिबार सेलिब्रेटीका सामाजिक सञ्जाल हेर्ने हो भने दिपावलीमय भएको देख्न सकिन्थ्यो । कतिले घरमै आफ्नो दाजुभाइ–दिदीबहिनीहरूसँग टीका लगाए पनि कितपय सेलिब्रेटीले आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग टीका लगाउन नपाएको जानकारी पनि सामाजिक सञ्जालमै दिएका छन् ।


यसैबीच नायक अनमोल केसीले तिहारमा दिदी काजोलको हातबाट टीका लगाए । अमेरिकामा रहँदै आएकी काजोल भाइलाई टीका लगाउनका लागि नेपाल आएकी थिइन् । अनमोल दिदीको खुट्टा ढोग्दै गरेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् जुन हेर्दा रमाइलो लाग्दो छ । 


नायिका प्रियंका कार्कीले चलचित्र लेखक शान बस्न्यातसँग भाइटीका मनाएकी छिन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि आफ्नो भाइलाई भाइटीका लगाइदिएको तस्वीर फेसबुकमा पोष्ट गरेकी छिन् । नायिका स्वेता खड्काले पनि भाइलाई टीका लगाइदिइन् । स्वेताले देउसी भैली खेलेको भिडियो पनि फेसबुकमा शेयर गरेकी थिइन् ।


त्यस्तै हास्य कलाकार जितु नेपालले आफ्नी दिदी उर्मिलासँग टीका लगाउन नपाएको जानकारी दिँदै बहिनीसँग टीका लगाएको तस्बीर फेसबुकमा पोष्ट गरेका छन् । साथै दीपकराज गिरी, सीताराम कट्टेल, कुमार कट्टेलले पनि आफ्ना दिदी–बहिनीसँग भाइटीका लगाउँदै गरेको तस्वीर फेसबुकमा पोष्ट गरेका छन् । साथै गायिका मञ्जु पौडेलले पनि भाइ गणेश र दाइ वीरेन्द्रलाई सम्झिएकी छिन् । गायक मिलन लामाले पनि यसपालिको बाढीले जोडेको नाताकी दिदी फुलमाया चौधरी र आफ्नै दिदीको हातबाट टीका लगाएको फोटो र भिडियो फेसबुकमा पोष्ट गरेका छन् ।


सम्बन्धित सामग्री:

निशानको नयाँ गीत

: Monday, 12 February, 2018 (3:32:56 PM)