Date:2017/11/25 |Saturday

२ सय करोडमा ‘गोलमाल अगेन’

Posted on: November 09, 2017 | views: 57 |

मुम्बई । यतिखेर बलिउड चलचित्र ‘गोलमाल अगेन’ले नेपाली बजारमा पनि धूम मज्जाइरहेको छ । नेपालका धेरै हलमा लागिरहेको यो हिन्दी चलचित्रले बलिउडको बक्स अफिसमा निकै राम्रो व्यापार गर्दै गएको छ । प्रदर्शन भएको तीन साताबाट यो चलचित्र २ सय करोडको व्यापार गर्न सफल भइसकेको बताइएको छ । रोहित शेट्टीको निर्देशनमा बनेको ‘गोलमाल अगेन’ पूर्णरूपमा कमेडी चलचित्र हो ।  

यसका साथै ‘गोलमाल अगेन’ शाहरूख खानको चलचित्र ‘चेन्नई एक्सप्रेस’ लाई पछि पार्दै रोहित शेट्टीको सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बन्न सक्छ कि सक्दैन प्रश्न उब्जेको छ । २०१३ मा प्रदर्शनमा आएको ‘चेन्नई एक्सप्रेस’ ले २२६.७० करोड रुपैयाँ आम्दानी गरेको थियो । अजय देवगन र रोहित शेट्टीको जोडीले ८ हिट चलचित्र बलिउडलाई दिइसकेको छ । यो जोडीका ४ चलचित्र १ सय करोड क्लबमा पनि समावेश भइसकेका छन् । गएको दीपावलीमा प्रदर्शनमा आएको ‘गोलमाल अगेन’ ले अहिलेसम्म १९३.६१ करोड कलेक्सन गरिसकेको छ ।



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं