Date:2017/11/25 |Saturday

एकल बाल नाटकमा लक्ष्मण प्रथम

Posted on: November 10, 2017 | views: 40 |

काठमाडौं । बालबालिकालाई किताबको ज्ञानले मात्र पुग्दैन उनीहरूको सीप र पढाइ माझिएर प्रयोगमा आउनुपर्छ भन्दै आयोजना भएको राष्ट्रिय एकल बाल नाटक महोत्सव सम्पन्न भएको छ । यस महोत्सवमा ब्राइट फ्युचर उमाविका लक्ष्मण ईशर ‘काग र कमिला’ नाटकबाट प्रथम भएका छन् । काठमाडौ प्रज्ञा कुञ्ज स्कुलले आयोजना गरेको यो महोत्सव कलाको एउटा पाटो अभिनय कलामार्फत बालबालिकामा भएको प्रतिभा प्रस्फुटन गर्नु मुख्य उद्देश्य भएको महोत्सवका निर्देशक टंक चौलागाईंले बताए । हरिहर शर्माको प्रमुख आथित्यमा कार्यक्रम समापन भएको हो । 

महोत्सवमा क्यानभास स्कुलबाट युविका खड्का ‘सि. नं ०३१३६०५’ बाट दोस्रो स्थानमा आउन सफल भइन् भने ललितपुरको सुदेशा स्कुलका रोहन तामाङ ‘तातो’ नाटकबाट तेस्रो भए । साथै पोखराको सैनिक आवाशिय महाविद्यालयका दीलिप पौडेल ‘वैदेशिक रोजगार’ नाटकबाट चौथो र पायोनियर स्कुलकी सुशीला बुढाथोकी ‘व्हेर ईज योर होम वर्क’ नाटकबाट सान्त्वनामा आउन सफल भइन् । 

स्कुल प्रांगणबाट धिमे बाजासहितको सबै सहभागी विद्यालयका विद्यार्थीहरू, शिक्षकहरू, अभिभावकहरू, प्रज्ञा कुञ्जका विद्यार्थीसहितको ¥याली शिल्पी थिएटर पुगेको थियो । प्रज्ञा कुञ्जका पाँचजना विद्यार्थीद्वारा कुमारी नाँच प्रस्तुत गरेपछि कार्यक्रम औपचारिकरूपमा सुरु भएको थियो । कार्यक्रमको औपचारिक उद्घाटनको क्रममा रंगमञ्च, अभिनय र चलचित्र विषयमा एक घण्टा अन्तक्र्रिया पनि गरिएको थियो । अन्तक्र्रियामा हरिहर शर्मा, देशभक्त खनाल, दीपेन्द्र के खनाल, मनोज पन्डित, दीपर्सन जंग राणाको सहभागी थियो । पहिलो दिन अक्षरा स्कुल, एम्बिसन एकेडेमी, ब्राइट फ्युचर उमावि, काठमाडौं युनिभर्सिटी हाई स्कुलले नाटक देखाएका थिए भने दोस्रो र तेस्रो दिन अन्य स्कुलले नाटक देखाएका थिए । 


महोत्सवमा मञ्चन भएका सबै नाटकको निर्णायकको रूपमा हरिहर शर्मा र देशभक्त खनाललाई मूल्यांकनको जिम्मा दिइएको थियो । दोस्रो दिन १२ वटा स्कुलका १६ जना विद्यार्थीले नाटक देखाएका थिए । तेस्रो दिन दशवटा विद्यालयका बालकलाकारहरूले नाटक देखाएका थिए । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं