Date:2017/11/25 |Saturday

आजदेखि दैशैभर मेला

Posted on: November 10, 2017 | views: 185 |

रौतहट । कात्तिक २४ गतेदेखि देशभर नेपाली कथानक चलचित्र ‘मेला’ प्रदर्शन हुने भएको छ । राज राधिका इन्टरटेन्मेन्टले निर्माण गरेको ‘मेला’ प्रेम, रोमान्स, मित्रता, सस्पेन्स र हास्यरसले भरिएकोले दर्शको मन जित्न सक्नेमा निर्माण पक्षले विश्वास राखेको छ । चलचित्रमा युवापुस्ताका चर्चित कलाकारहरू सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, वसन्त भट्ट, निरज श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ । 

प्रदर्शनअघि नै चलचित्रको प्रोमो तथा गीतहरू दर्शकमाझ लोकप्रिय भइसकेका छन् । चलचित्रमा समावेश भएका ‘यो मुटुमा अब तिम्रो’, ‘परिचय पाउँन’ तथा ‘खाली भयो’ भन्ने गीत रिलिज भएका छन् । चलचित्र वसन्त निरौलाले निर्देशन गरेका हुन् । चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, पवित्रा आचार्यको नृत्य, दिव्य सुवेदीको छायांकन, हरी पन्तको कथा, पटकथा तथा संवाद रहेको छ भने साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ । हरि पन्त प्रस्तुतकर्ता रहेको मेलाको निर्माता मनोज के मरोडिया हुन् । 

यसैबीच चलचित्र ‘मेला’ भारतमा प्रदर्शन गर्ने अधिकार भोजपुरी स्टार परदेश शाहले लिएका छन् । एस पी खरेलको नामबाट परिचित शाहले १६ लाख रुपैयाँमा भारतमा चलचित्र प्रदर्शनको अधिकार किनेका हुन् । चलचित्र ‘मेला’का लेखक, सह–निर्देशक तथा प्रस्तुतकर्ता हरि पन्त र शाहबीच सम्झौतामा हस्ताक्षर भएको छ । उनले नेपालीहरूको बाक्लो बसाइ रहेको भारतको सिक्किम, दार्जिलिङ, मुम्बई, दिल्ली लगायतका शहरमा चलचित्र प्रदर्शन गर्ने बताए । 

युनिटले नायिका श्वेता खड्काको अगुवाइमा बनिरहेको माझी बस्तीलाई नगद ५१ हजार रुपैयाँ सहयोगसमेत गरेको छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं