18th February | 2018 | Sunday | 4:20:00 PM

सोल्टीनीको ‘सिन्की को अचार’

  POSTED ON : Sunday, 12 November, 2017 (4:25:11 PM)

सोल्टीनीको ‘सिन्की को अचार’

काठमाडौं । नायिका रिश्मा गुरुङले अभिनय गरेको गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘सिन्की को अचार’ बोलको गीतमा गायक विजय रुम्बा लामाको स्वर छ । भिडियोमा रिश्मासँगै गायक रुम्बा आपैंmले पनि अभिनय गरेका छन् ।

चलचित्र ‘कबड्डी’ मा अभिनेता दयाहाङ राईसँग सोल्टीनीको भूमिकामा अभिनय गरेर एकाएक चर्चामा आएकी रिश्मा लामो समयपछि भिडियोमा देखिएकी हुन् । विकास सुवेदीको निर्देशनमा बनेको भिडियोको छायांकन पर्यटकीयस्थान बन्दीपुरमा गरिएको हो ।

गीतमा डिपी खनालका शब्द तथा सुवास भुसालको संगीत छ । गीतका एरेन्जर उदय राज पौडेल हुन् । अनिलकुमार मानन्धरले खिचेको गीतको भिडियोलाई शीलन लम्सालले सम्पादन गरेका हुन् ।


सम्बन्धित सामग्री:

निशानको नयाँ गीत

: Monday, 12 February, 2018 (3:32:56 PM)