Date:2017/11/25 |Saturday

प्रदीप–साम्राज्ञी एउटै पर्दामा

Posted on: November 12, 2017 | views: 27 |

काठमाडौं । पछिल्लो समय युवापुस्ता माझ रुचाइएका नायक नायिका हुन् प्रदीप खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह । यो जोडीले अभिनय गरेका सबैजसो चलचित्रलाई दर्शकले खुवै मनपराएको पाइन्छ । अहिलेसम्म यो जोडीले एउटै पर्दामा भने काम गरेको छैन तर अब यो सम्भव हुने भएको छ । 

निर्माता सुवास गिरीले यो जोडीलाई एउटै पर्दामा उतार्ने भएका छन् । निर्माता गिरीले ‘भैरवी’ नामक चलचित्रमा साम्राज्ञी र प्रदिपलाई पर्दामा ल्याउने भएका हुन् । यो जोडीले १ महिना अगाडि नै चलचित्रमा काम गर्ने सम्झौता गरिसकेका छन् ।

यो चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् । चलचित्रको अहिले धमाधम स्क्रिप्टमा काम भइरहेको छ । यो चलचित्रलाई विसं २०७५ सालको भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको छ । चलचित्र टीम ‘कृ’ को प्रदर्शन पश्चात् छायांकनमा निस्किने बताइएको छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं