Date:2017/11/25 |Saturday

आर्यन र प्रियंकाको ‘बटरफ्लाई’ गीत

Posted on: November 12, 2017 | views: 31 |

काठमाडौं । नेपाली चलचित्र निर्माण गर्ने निर्माता तथा निर्देशकहरू पछिल्लो समय चलचित्रमा समावेश गरिने गीतसंगीतलाई विशेष ध्यान दिन थालेका छन् । चलचित्रको व्यापार उत्कृष्ट हुनुको पछाडि गीतसंगीतको पनि महŒवपूर्ण भूमिका रहन्छ भन्ने बुझेरै पछिल्लो समय निर्माण भइरहेका चलचित्रहरूका गीतमा लगानीमा कन्जुस्याइँ नभएको देखिन्छ । 

यसैबीच आउँदो पुस २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बटरफ्लाई’ को पनि एक गीत सार्वजनिक गरिएको छ । जुन गीत सार्वजनिक भएको दुई दिनमै दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको ‘म गाउँदिन गीत अब’ बोलको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ । 

शुक्रबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको थियो । कार्यक्रममा नायिका प्रियंका कार्कीले यो चलचित्र आफूबाट झण्डै खोजिएको बताएकी थिइन् । उनले निर्देशकलाई आफूले प्रत्यक्ष भेटेर कुरा गर्न नपाउँदा नायिका छनोटको समयमा आफूबाट चलचित्र गुम्ने अवस्थामा झण्डै पुगेको बताएकी हुन् । 

साथै नायक आर्यनले चलचित्रमा पहिलोपटक नायिक प्रियंका सँग काम गर्न पाउँदा खुशी लागेको बताए । ‘बटरफ्लाई’ आफ्नो दोस्रो चलचित्र भएकाले सबै दर्शकलाई एकपटक हेरेर प्रतिक्रिया दिन अनुरोध गरेका थिए । 

यो गीतमा सुरेश बज्रचार्यको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ । यो रोमान्टिक गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र आर्यन अधिकारीलाई फिचरिङ गरिएको छ । ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र पुस २८ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा पुष्पाञ्जली अधिकारी, रामशरन राना, भूपेन्द्र सुवेदीको लगानी छ भने रमेश प्रजापति यो चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा अर्जुन जिसी र मन्दिल श्रेष्ठको सम्पादन, कुमार महर्जनको एक्सन छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं