14th December | 2018 | Friday | 1:09:55 AM

‘ड्रिम गर्ल’ बन्ने

  POSTED ON : Sunday, 12 November, 2017 (4:40:56 PM)

‘ड्रिम गर्ल’ बन्ने

काठमाडौं । निर्देशक ऋषिराज आचार्यले ‘ड्रिम गर्ल’ बनाउने भएका छन् । आर.बी मुभिजको ब्यानर तथा रिल एण्ड रियल सिनेमाको सहकार्यमा निर्माण हुने यो चलचित्रलाई निर्देशक आचार्य र अर्जुन शर्माले निर्माण गर्न लागेका हुन् भने सहनिर्मातामा रामेस्वर धिताल रहेका छन् ।

बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण पक्षले चलचित्रमा सरोज खनाल, विल्सन विक्रम राई, लक्ष्मी गिरी, आकाश श्रेष्ठ, आष्मा गिरी, रूप सुवेदी, अर्जुन श्रेष्ठ, शिशिर भण्डारीलगायत कलाकारको अभिनय रहने बताएको थियो । अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एक्सन र गम्भीर विष्टको नृत्य रहने चलचित्र निर्माणमा साउथ इन्डियन व्यानरको पनि सहकार्य रहेको छ । राराताल, मुस्ताङ तथा विदेशक दुबई र कतारमा छायांकन हुने चलचित्र राम्रो बन्ने दाबी निर्माण युनिटले गरेको छ । 


Views: 101