Date:2017/11/25 |Saturday

ठकुरीको ‘आँखा भरि आँसु’

Posted on: November 13, 2017 | views: 33 |

काठमाडौं । लोक तथा दोहोरी गायक, सर्जक तथा संगीतकार राजन ठकुरीकोे ‘आँखा भरि आँसु’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गायिका अञ्जु पन्तले स्वर भरेकी छन् । गीतमा युनिषा हमाल ठकुरीको शब्द रहेको छ भने ठकुरी स्वयंमको संगीत रहेको छ । 

गीतलाई भिडियोसहित सार्वजनिक गरिएको छ । जसलाई निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् । गीतमा युनिषा हमाल र युगराज पाण्डेको अभिनय रहेको छ । जसलाई धीरजजंग शाहीले छायांकन गरेका हुन्, भने सुजन शाहीले सम्पादन गरेका हुन् ।

गीतको बारेमा बोल्दै सर्जक ठकुरीले मायाप्रेमको बिषयलाई उठाइएको बताए । ‘म आज यहाँसम्म आउनुको मुख्य श्रेय भनेको दर्शक तथा श्रोतालाई जान्छ त्यसैले अहिले पनि मेरो यो गीतलाई दर्शक तथा श्रोताले मन पराइदिनुहुनेछ आशा लिएको छु’, उनले भने । ठकुरीले पछिल्लो समय सामाजिक तथा देशभक्ति गीतहरू पनि गाउँदै आएका छन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं