Date:2017/11/25 |Saturday

जेनी लिटिल नेवाः

Posted on: November 13, 2017 | views: 31 |

काठमाडौं । मिस लिटिल नेवाः २०१७ को उपाधि भक्तपुरकी १३ वर्षीया जेनी मानन्धरले जितेकी छन् । गएको शनिबार सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा ३० जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनीले उपाधि हातपार्न सफल भइन् । नेप्लिज फेसन होमले आयोजना गरेको ११ औं संस्करणको मिस लिटिल नेवाः बनेसँगै जेनीले नगद १० हजार तथा आकर्षक क्राउन जित्न सफल भइन् । 

प्रतियोगितामा भक्तपुरकै रोजा प्रजापतिले फस्र्ट रनर्स अपको उपाधि जित्न सफल भइन् भने लगन, काठमाडौंकी शियोन डंगोलले सेकेण्ड रनर्स अपको उपाधि जितिन् । नेवार समुदाय ९ देखि १३ वर्ष उमेर समूहका बालिका तथा किशोरीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा अधिकांश सहभागीले नेवार भाषामै आफ्नो परिचय दिँदै निर्णायकले सोधेका प्रश्नहरूको प्रभावकारी जवाफ दिएका थिए ।

प्रतियोगितमा पूर्वमिस नेवाः हरू एलिशा बज्राचार्य, सुदिना श्रेष्ठ, इशु श्रेष्ठ, सौन्दर्यकर्मी सुष्मा महरा, गायक निर्णय श्रेष्ठ, प्रदीपमान प्रधान तथा त्रिलोचन श्रेष्ठ, निर्णायकको रूपमा रहेका थिए । नेपा डान्स एकेडेमीका कलाकारहरूको आकर्षक नृत्य प्रस्तुतीसहितको उक्त प्रतियोगितामा शिजल महर्जनले मिस ट्यालेन्टको उपाधि जित्न सफल भइन् ।

प्रतियोगिताका अन्य उपाधितर्फ रिधाना श्रेष्ठले सोसल वेलफेयर एम्बेसडर, आइशा श्रेष्ठले वेष्ट ड्रेस, श्रीजिका श्रेष्ठले मिस डिसिप्लिन, सगुन श्रेष्ठले बेस्ट स्किन, स्नेहा ताम्राकार वेष्ट हेयर, पूर्वा प्रधानले मिस चार्मिङ, शिल्पी बज्राचार्यले वेष्ट स्माइल, रुनिषा पुजारीले मिस क्युट, ओशिन महर्जनले मिस फोटोजेनिक तथा स्मृति खड्गीले मिस फ्रेण्डशीपको उपाधि जित्न सफल भए । प्रतियोगिताको क्रममा प्रतिस्पर्धीहरूले डिजाइनरद्वय प्रज्वल श्रेष्ठ तथा सरिता महर्जनले तयार पारेका पहिरन प्रदर्शन गरेका थिए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं