Date:2017/11/25 |Saturday

उत्कृष्ट ४० भित्र निकिता

Posted on: November 13, 2017 | views: 18 |

काठमाडौं । मिस नेपाल २०१७ निकिता चाण्डक ‘मिस वल्र्ड २०१७’ मा उत्कृष्ट ४० जना भित्र पर्न सफल भएकी छिन् । ‘हेड टु हेड च्यालेन्ज’को भोटको आधारमा विजेता भएसँगै उनी प्रतियोगिताको टप ४० मा पुग्न सफल भएको मिस वल्र्डको आधिकारिक वेबसाइटबाट जानकारी दिइएको छ । ‘हेड टु हेड च्यालेन्ज’मा विश्वभरका लागि भोटिङ समेत खुला गरिएको थियो । चाण्डकको च्यालेन्ज भिडियोले उनलाई ग्रुप ३ को विजेता बनायो ।

२० समुहमा विभाजन गरेर ‘हेड टु हेड च्यालेन्ज’ गराइएको थियो । जसमा युवतीहरूले आफ्नो उदेश्य प्रष्ट हुने गरी छायांकन गरेको भिडियो देखाउन पर्ने थियो । भिडियोको आधारमा दर्शकले मत दिन सक्ने थिए । ग्रुप १ देखि ८ सम्मका लागि भने अब भोटिङ बन्द भइसकेको छ । जसमा फ्रान्स, कोलम्बिया, इटाली, अर्जेन्टिना, बङ्गलादेश, मकाउ र मंगोलियाका युवती छानिएका छन् । ११८ देशका सुन्दरीहरू सहभागी भएको सौन्दर्य प्रतियोगिताको फिनाले आउँदो १८ नोभेम्बरमा चाइनामा हुँदैछ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं