Date:2017/11/25 |Saturday

स्रष्टा दाहाल सम्मानित

Posted on: November 13, 2017 | views: 29 |

काठमाडौं । सिक्किमका स्रष्टा भीम दाहाल सम्मानित भएका छन् । आइतबार राजधानीको बानेश्वर क्याम्पसमा आयोजित अन्तक्र्रिया तथा सम्मान कार्यक्रममा दाहाललाई बानेश्वर सर्जक समाजले सम्मान गरेको हो । कार्यक्रममा उनीसँगै सामाजिक अभियन्ता श्रीमती जुडी राई दाहाललाई कार्यक्रममा प्रमुख अतिथि डा. वासुदेव क्रिपाठीद्वारा सम्मान गरिएको थियो । 

सर्जक सामाजका अध्यक्ष प्राध्यापक महेश प्रसाईंको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकारहरू लोकेश ढकाल, मातृका पोखरेल, फूलमान वल, डा. घमानसिहं खड्का, डा. तुलसी भट्टराई, केदार न्यौपाने, कृष्ण हमाल, डा. वासुदेव क्रिपाठी, कुलप्रसाद पराजुली र रमेश शसभेच्छुले नेपाल–भारतको नेपाली साहित्य र विश्व नेपाली साहित्य बारे आआफ्ना धारणा राखेका थिए । 

प्रमुख अतिथि डा. त्रिपाठीले सिक्किमले नेपाली साहित्यमा पु¥याएको योगदान अतुलनीय रहेको भन्दै यसबाट अन्यत्र रहेका नेपालीहरूले पनि पाठ सिक्नुपर्ने बताए । त्यस्तै सम्मानित व्यक्तित्व भीम दाहालले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विश्वभरमा रहेका नेपालीका लागि काठमाडौं सबैको राजधानी भएकाले यहाँ आउँदा फरक खालको सुखानुभूति हुने बताए । ‘भारतमा भएको १ सय २५ करोड जनसंख्यामा नेपालीहरूले पनि आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन्,’ उनले भने । 

राजनीतिले विभाजन गरेपनि भाषा साहित्यले जोडने बताउँदै दाहालले ‘पारि तारिदेउन माझी दाइ’ गीतलाई महिला माइत जाने विम्बको प्रयोग गर्दै नेपाल आउँदा माइतीमा आएजस्तो अनुभव हुने सुनाए । सिक्किम सरकारका मुख्य प्रेस सल्लाहाकार भीम दाहाल भारतको लोकसभाका लागि तीनपटक संसद भइसेकेका छन् । 

दाहालले आइतबारै त्रिपुरा साहित्य समाजको आयोजनामा एकल कविता बाचन गरेका छन् । उनले एकल कविता वाचनमा ‘वविनमा धागो छैन कति चलाउँ म यो मेशिन, कागजको मन, मलाई नयाँ मुलुक देऊ’ जस्ता कविता प्रस्तुत गरेका थिए । एकल कविता वाचनको प्रमुुख अतिथि प्राध्यापक राजेन्द्र सुवेदी रहेका थिए । एकल वाचन कार्यक्रम लागि सुजन घलेले मादल बजाएर र उन्नत सुनामले बाँसुरी बजाएर सांगीतिक माहोल बनाएका थिए । 

एकल बाचनमा साहित्यकारहरू डा. सुमन ढकाल, श्रओम रोदन, सानुभाइ थापा, कृष्ण प्रधान, शीतल गिरी, शिव अधिकारी, डिल्लीराज अर्याल, रामप्रसाद पन्त, लभ गाउँले, देवा अधिकारी, चन्द्रप्रसाद न्यौपाने, रामकेशर बोगटी, रमेश शुभेच्छुलगायतले शुभकामना दिनुका साथै उनका कविताका बारेमा धारणा राखेका थिए । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं